मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनुषामा नौ वडाको परिणाम सार्वजनिक, पाँचवटामा कांग्रेस विजयी



धनुषामा अहिलेसम्म विभिन्न पालिकाका नौवटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ ।जसअनुसार कांग्रेसले पाँचवटा वडामा जित हात पारेको छ । एमालेले दुईवटा वडा जितेको छ । माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीले एक(एक वडा जितेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा कांग्रेसका देवु यादव र २ मा शिवु साह विजयी भएका छन् ।बटेश्वर गाउँपालिका¬–१ मा कांग्रेसकै अशोककुमार महतो र मिथिला नगरपालिकामा वडाध्यक्षका उम्मेदवार जोगी महतो तथा नगराईन नगरपालिका–१ मा सीताराम महतोले चुनाव जितेका छन् ।

एमालेबाट लक्ष्मीनियाँ गाउँपालिका–१ मा दिलीपकुमार यादव र २ मा लालजी यादव विजयी भएका छन् । एकीकृत समाजवादीबाट जनकनन्दनी गाउँपालिका–१ मा सन्तोष गोइत विजयी भएका छन् ।

माओवादी केन्द्रले कमला नगरपालिका–१ मा जित हात पारेको छ । जसपाका उम्मेदवारलाई पराजित गर्दै केन्द्रका सर्वदेव यादव विजयी भएका हुन् । जसपाबाट रामदेव कापर हंशपुर नगरपालिका–१ मा विजयी भएका हुन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ६ : ४९ बजे