मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्लाहीको धनकौलमा कांग्रेस विजयी, वडामा माओवादी र एमाले पनि आए



सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । धनकौलमा कांग्रेसका रामआश्रय साह पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

साह ४ हजार ४७७ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका फकिरा महतोले ३ हजार ३७८ मत मात्र प्राप्त गरे ।तेस्रोमा झरेका एमालेका अजयकुमार सिंहले १ हजार ६०७ मत प्राप्त गरे ।

को कहाँ विजयी ?

यहाँ ४ वटा वडामा कांग्रेसका, दुई वडामा माओवादी केन्द्रका र एक वडामा एमालेले वडाध्यक्ष जितेको छ ।

कांग्रेसले धनकौल(१, २, ४ र ७ मा जितेको हो । यी वडाका वडाध्यक्षमा क्रमशस् गौरीशंकर महतो, रामबहादुर सहनी, नरेन्द्र राय यादव र रामलखन राय निर्वाचित भएका छन् ।

माओवादी केन्द्रले ५ र ६ मा बाजी मारेको छ । ५ गजेन्द्र महतो ५ र ६ श्यामबाबु साह वडाध्यक्षमा निर्वाचित भएका छन् ।

एमालेले ३ नम्बर वडामा मात्र जितेको छ । अशोककुमार यादव वडाध्यक्षमा विजयी भएका हुन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ८ : ०९ बजे