मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका पालिका प्रमुखमा कांग्रेस अगाडि



अछामका ८ स्थानीय तहको मतपरिणमा सार्वजनिक भएको छ । पञ्चदेबल नगरपालिकाको मतगणना भने जारी रहेको छ ।अहिलेसम्म ५ ओटा स्थानीय तहमा नेपाली कांग्रेस विजयी बनेको छ । दुई स्थानीय तहमा नेकपा एमाले र एक स्थानीयतहमा नेकपा माओवादी केन्द्र विजय भएको छ ।

एमालेले मंगलसैन नगरपालिकाको प्रमुख र उपप्रमुखमा, तुर्माखाँद गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा विजयी भएको छ । मेल्लेख गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । मेल्लेखमा माओवादी, कांग्रेस र एमाले, समाजवादीबीच चुनावी गठबन्धन रहेको थियो ।

नेपाली कांग्रेसले चौरपाटी र ढकारी गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा जित हासिल गरेको छ । चौरपाटीमा समाजवादी र माओवादीबीच चुनावी गठबन्धन थियो ।

बान्नीगढी जयगढ गाउँपालिकामा कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्षमा जितेको छ । रामारोशन गाउँपालिकामा कांग्रेसले अध्यक्ष र माओवादी केन्द्र उपाध्यक्ष जितेको छ । कमलबजार नगरपालिकामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ६ : ५८ बजे