मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सप्तरीको तिलाठी कोइलाडीमा कांग्रेस उम्मेदवार निर्वाचित



सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्षमा अरुणकुमार मण्डल र उपाध्यक्षमा फुलकुमारी साह निर्वाचित भएका हुन् । मण्डलले पाँच हजार ४५७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका सतिशकुमार सिंहले तीन हजार ५७५ मत प्राप्त गरे । सिंह निर्वतमान अध्यक्ष समेत हुन् ।

उपाध्यक्षमा निर्वाचित साहले तीन हजार ६८१ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीकी रेणु मण्डलले दुई हजार ९०४ मत पाइन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ८ : २९ बजे