मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोकुल बास्कोटाको नगरपालिकामा समाजवादीका टोकबहादुर वाइवा विजयी



एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाको गृहनगर काभ्रेको मण्डन देउपुरमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् ।मेयरमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष टोकबहादुर वाइवा विजयी भएका छन् भने उपमेयरमा नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका उम्मेदवार विष्णुमणि नेपाल भारी मतान्तरका साथ विजयी भएका हुन् ।

मण्डनदेउपुर पूर्व संचारमन्त्री गोकुल बास्कोटाको गृहनगर हो । उनको वडामा भने एमालेले प्यानलै जितेको भए पनि नगरपालिकामा भने जित्न सकेन । यसअघि एमालेका तर्फबाट जितेका टोकबहादुर वाइबा अहिले एकीकृत समाजवादीका जिल्ला अध्यक्ष छन् । उनै वाइवा फेरि मेयर बनेका हुन् ।

मण्डनदेउपुर नगरपालिको वडा नम्बर १, ४, ५ र ७ मा एमाले विजयी भएको छ । यस्तै २, ३, ६, ९, १०, ११ र १२ मा नेपाली कांग्रेसले जित हात पारेको छ । यस्तै, ८ नम्बरमा भने माओवादी केन्द्रले जितेको छ। यस वडामा ३ जना सदस्य कांग्रेसले जितेको छ भने एक जना माओवादी केन्द्रले जितेको छ।

वडा नम्बर १ मा कांग्रेस ४ मतले पराजित भएको छ । मेयरमा विजयी वाइबाले नौ हजार चार सय ६ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका विदुर सापकोटाले आठ हजार तीन सय ५१ मत ल्याएका छन् ।

उपमेयरमा विजयी विष्णुमणि नेपालले ११ हजार तीन सय पाँच मत ल्याएका छन् । प्रतिस्पर्धी एमालेकी सरिता ढकालले ६ हजार नौ सय २४ मत ल्याएकी छिन् । यहाँ दुई वडाको गणना बाँकी रहँदै उपमेयरमा विष्णुमणि नेपाल विजयी भइसकेका थिए। गणना हुन बाँकी २ वडाको मत तीन हजार पाँच सय ३१ मात्र थियो । जबकी त्यतिबेला नेपालको मतान्तरनै तीन हजार ६ सय ११ रहेको थियो । मण्डनदेउपुरमा १२ वडा रहेका छन् भने यहाँ २१ हजार नौ सय ३५ मत खसेको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  २ : ०३ बजे