मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हुम्लाको चङ्खेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मदेवार शाही विजयी



हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार प्यारीलाल शाही विजयी भएका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका प्रेमकला शाही विजयी भएकी छन्।

अध्यक्ष स्वतन्त्रबाट उठेका शाहीले १ हजार ५ सय २३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गोविन्दबहादुर शाहीले १ हजार २० मत पाए ।

उपाध्यक्षमा समाजवादीका प्रेमकला शाहीले १ हजार २ सय ६३ मत ल्याएर विजयी भएकी हुन् । कांग्रेसका मैना बुढाले १ हजार २७ मत पाइन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ८ : ४१ बजे