मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आयल निगमले फेरि लिटरमै १० रुपैयाँ बढायो पेट्रोल, डिजेल र मट्टितेलको भाउ,कति पुग्यो मुल्य ?



नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।

आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको हो ।

बढेको मुल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्नेछ ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सयले बढेको छ ।

बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ९ : ११ बजे