मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला समन्वय समिति मुगुमा कांग्रेसको एकल बहुमत



जिल्ला समन्वय समिति गठनका लागि मुगुमा कांग्रेसको एकल बहुमत आएको छ । जिल्लामा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले दुई प्रमुख र तीन उपप्रमुखसहित पाँच प्रमुख उपप्रमुख जितेसँगै अब गठन हुने जिल्ला समन्वय समितिका लागि मतदान गर्न बहुमत पुगेको हो ।

स्थानीय तह प्रमुख र उपप्रमुखको मतदानबाट गठन हुने जिल्ला समन्वय समितिका लागि मुगुका चार स्थानीय तहहरूबाट चार प्रमुख र चार उपप्रमुखले मतदान गर्न पाउँछन् । कांग्रेसले छायाँनाथ रारा नगरपालिकामा नगरप्रमुख र उपप्रमुख, खत्याड गाउँपालिका र सोरु गाउँपालिकामा उपाध्यक्ष र मुगुम कार्मारोङ्ग गाउँपालिकामा अध्यक्ष जित हासिल गरेको छ ।

अन्य दलहरूमा माओवादी केन्द्रले खत्याड गाउँपालिका अध्यक्ष,नेकपा समाजवादीले सोरु गाउँपालिका अध्यक्ष र एमालेले मुगुम कार्मारोङ्ग गाउँपालिकामा उपाध्यक्ष जितेको छ । अन्य दलहरूका एक एक मतदाता हुँदै गर्दा कांग्रेसका एक्लै पाँच मतदाता भएका जिससमा कांग्रेसको एक्लै बहुमत आउने देखिएको हो । जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यका लागि उम्मेदवार हुन पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरूले पाउँछन् भने मतदान गर्न पालिका प्रमुख र उपप्रमुखले मात्र पाउने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  १ : २७ बजे