मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोभिडबाट एकै दिन ४६ जनाको मृत्यु



भारतमा पछिल्लो २४ घन्टामा २ हजार २२ जनामा कोभिड संक्रमण देखिएको छ । योसँगै कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड ३१ लाख ३८ हजार ३९३ पुगेको छ । केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८३२ रहेको छ । यो कुल संक्रमितको शून्य दशमलब ०३ प्रतिशत हो । मन्त्रालयका अनुसार कोभिडबाट निको हुने समग्र दर ९८ दशमलब ७५ प्रतिशत छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा ४६ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ४५९ जना पुगेको छ । भारतमा पछिल्लो समयमा कोभिड संक्रमितको संख्या फेरि बढेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ९ : २४ बजे