मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कामना सेवा विकास बैंकको एघारौं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा



कामना सेवा विकास बैंकले देशका थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले जेठ १० गते मंगलबारबाट नवलपरासी जिल्लाको कावसोती नगरपालिका वडा नं. ११ मा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

कावसोती नगरपालिका वडा नं. ११, कुडौली स्थित गुरौ किराना पसललाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । वडा नं. ११ का वडा अध्यक्ष शारदा प्रसाद अधिकारीले उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।

कार्यक्रममा बैंकका तर्फबाट नारयणगढ क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारी लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमाबैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा लिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ८ : ४६ बजे