मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नीति तथा कार्यक्रमले नयाँ ऊर्जा दिएको छ : नेता चौधरी



सांसद एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य विनोद चौधरीले नीति तथा कार्यक्रममार्फत मुलुकलाई औद्योगिकीकरणमा लैजाने प्रतिबद्धता व्यक्त भएको बताएका छन् ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पेस भएको नीति तथा कार्यक्रमपछि प्रतिक्रिया दिँदै उनले नीति तथा कार्यक्रमले नयाँ ऊर्जा थपेको बताए ।

“उद्योग व्यवसायको मात्र नभनौँ, समग्रमा धेरै अध्ययन गरेर, धेरै क्षेत्रका कुरा बटुलेर, थुप्रेर बसेको समस्या समाधान गर्ने दृष्टिकोणबाट नीति तथा कार्यक्रम आएको छ”, चौधरीले भने ।

सरकारले ल्याएको नीति तथा कार्यक्र म र बजेट कार्यान्वनयका बारेमा जहिले पनि प्रश्न चिह्न लाग्दै आएको उल्लेख गर्दै उनले कार्यान्वयनको पाटोलाई दरिलो बनाउन आग्रह गरे। “आशा गरौँ, नीति तथा कार्यक्रम राम्रोसँग कार्यान्वयन भएर जानेछ”, चौधरीले भने ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ९ : ११ बजे