मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकी प्रदेश प्रमुुख गुुरुङद्वारा गणतन्त्र दिवसकोे अवसरमा शुभकामना ब्यत्त



गण्डकी प्रदेश प्रमुुख पृथ्वी मान गुुरुङले गणतन्त्र दिवस, २०७९ कोे अवसरमा शुभकामना व्यक्त गरेका छन् । गुुरुङले शुुभकामना सन्देशमा ऐतिहासिक दिवसले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् ।

ऐतिहासिक राजनीतिक परिवर्तनलाई संवैधानिकरुपले संस्थागत गर्दै मुलुकमा संक्रमणकाल समाप्त भएको भन्दै गुुरुङले हालै मुलुकमा आम जनताको उत्साहपूर्ण सहभागितामा स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु सबैका निमित्त खुशीको विषय हो भनेका छन् ।

“स्थानिय तहको निर्वाचन र अब हुन गईरहेको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको जगलाई संस्थागत र थप सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने मैले विश्‍वास लिएको छु,” शुुभकामना सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ५ : ४२ बजे