मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला समन्वय समिति ललितपुरको प्रमुखमा कांग्रेसका फुयाँल निर्विरोध निर्वाचित



पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको सोमबारको निर्देशनअनुसार ललितपुरमा जिल्ला समन्वय समिति गठनमा गठबन्धन दलहरूबीच तालमेल भएको छ ।

गठबन्धनमा रहेका दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच प्रमुख, उपप्रमुखदेखि विभिन्न ‘क्लस्टर’का सदस्य पदमा तालमेल भएको हो । सोहीअनुसार सबै पदमा उम्मेदवार दर्ता भएको छ ।

तालमेल गर्दा गठबन्धनका यी दुई दलको स्पष्ट बहुमत पुग्ने भएपछि नेकपा एमालेबाट कुनै पदमा उम्मेदवारी नै परेन ।

उम्मेदवारी नपरेपछि कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सहसचिवसमेत रहेका महाँकाल गाउँपालिका वडा नम्बर – ३ बाट सदस्य पदमा निर्वाचित भएका ऋषिदेव फुयाँल प्रमुमा निर्विरोध निर्वाचित भएका ।

उपप्रमुखमा माओवादी केन्द्रबाट बागमती गाउँपालिकाका रामलाल थिङ निर्वाचित भए ।

खुल्ला सदस्यमा कांग्रेसका दिनेश घोर्साइने, हरिहर कार्की र माओवादीका साधुराम श्रेष्ठ निर्वाचित भएका छन् ।

अल्पसंख्यकमा कांग्रेसकै सुबेरबहादुर पहरी, महिला सदस्यमा माओवादी केन्द्रकी शोभा महर्जन, कांग्रेसकी गीता खड्का र शोभा कार्की निर्वाचित भएको कांग्रेस ललितपुरका प्रवक्ता सन्तोषराज केसीले जानकारी दिए । उनीहरू सबै निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई बिहीबार ९आज० जिल्ला निर्वाचन कार्यालयले निर्वाचित भएको प्रमाण पत्र प्रदान र शपथ ग्रहण गराउने भएको छ ।

३० वैशाखमा भएको निर्वाचनबाट चार वटा पालिकामा प्रमुख, तीन वटा पालिकामा उपप्रमुख र ७१ वडामध्ये ३८ वटा वडामा नेपाली कांग्रेसले जित हासिल गरेको थियो । सोही अनुसार कांग्रेसले तालमेलको क्रममा प्रमुख पद पाएको हो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ९ : १६ बजे