मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लामा बाढीले बगाएको १६ हेक्टर मार्सीधान फल्ने खेतको कुलो निर्माण



जुम्लाको तातोपानी गाउँपालिका १ मा रहेको रानी ज्यूलोमा कुलो निर्माण गरिएको छ । बढीले रानी कुलो बगाएपछि खेतियोग्य जमिन सिचाईको लागी रानीकुलो निमार्ण गरिएको हो । २०७८ कात्तिक महिनामा आएको बाढी पहिरोबाट रानि ज्यूलो सहित तातोपानीको ग्रिरीखोला र तिला गाउँपालिकामा भेरीखोलाको बाढीले अधिंकास सिचाइ कुलो बगाएको थियो । जुम्लामा धेरै सिँचाई कुलाहरु बगेर जानुका साथै खेतियोग्य जमिनमा सिचाईको लागी समस्या भएको थियो । तर जुम्लाको पहिचानको रुपमा रहेको कालिमार्सी धान रोप्ने समय आएकाले कृषि बिकास कार्यलयले केही कुलोहरु निर्माण गरेर रोपाई सुचारु समेत भएको छ ।

त्यस्तै तातोपानी १ अन्तरगत पर्ने रानि ज्यूलोको कुलो बाढिले वगाएको स्थानको आरसिसि गरेपछि संचालनमा आएको छ । कृषि विकास कार्यालयले ७ लाख र स्थानीयको एक लाख श्रमदानमा उक्त कुलो बाढीले निमार्ण गरिएको कार्यालय प्रमुख गणेश अधिकारीले बताए । उनले भने, बाढीले बगाएको स्थानमा ४१ मिटर आरसिसि र अन्य काम गरेपछि पानी ल्याएर रोपाई भएको छ । प्रमुख अधिकारीले ,विपतले बगाएको रानि ज्यूलाको कुलोमा तत्कालका लागि प्रदेश सरकारको सहयोगबाट ४१ मीटर आईरसिसि, ४० वटा ग्याविन र अन्य काम गरेपछि रोपाई सुचारु भएको छ । उनले भने,‘कुलो पुरै आरसिसि तथा वाधनिर्माण गर्न ठूलो योजना आबश्यक भएको छ ।

उनका अनुसार त्यो स्थानमा बर्खायाममा नदिले अझै कटान गर्न सक्ने भएकाले धेरै ग्याविन सहित अन्य थप निर्माण आवश्यक रहेको छ ।

त्यस्तै रानिज्यूलोमा करिब, १६ हेक्टर मार्सीधान फल्ने खेत रहेका स्थानीय उपभोक्ता समितिका अध्यक्ष कलबहादुर कठायतले बताए । उनले बिपतले धान रोप्न नपाईने होकि भन्ने चिन्ता थियो । यस पटक किसानका लागी राहत भएको छ । जेनतेनपानी रोपाइका लमागी पनी पुरयाउन कृषि विकास कार्यालयको कार्यक्रमले सहयोग गरेको छ । उनका अनुसार अव यो बर्ष रोपाई त हुन्छ तर नदिले धेरै कटान गरिसकेकाले फेरी बगाउछ की भन्ने डर उत्तिकै छ ।

यस्तै जिल्ला कृषि विकास कार्यालय जुम्लाले बाढीले बगाएको तातोपानी १ कै वाईराकाको १०० मिटर कुलो पुर्ननिर्माणका लागि काम भईरहेको छ । कृषि विकास कार्यालयका सवईन्जिनियर महेश बुढ्थापाले तिला गाउँपालिका ४ नुवाकोटमा पनि बाढीले बगाएको वालुदेखि चौसिला आरसिसि १२३ मिटर कुलो आरसिसि निर्माण भएको बताए । उनले भने,‘ सो कुलो धेरै बनाउनु पर्ने आवश्यक रहेको छ । उनका अनुसार बाढीले जुम्लाका सिचाई योजना तथा आरसिसि कुलो ६० वटा भन्दा बढी स्थानमा निर्माण भइरहेका छन् ।

त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले रानी ज्यूलोमा रहेको कुलोको अवस्थाको अवलोकन गरेका छन । उनले कुलोलाई वलियो नबनाएमा बर्खाको पानीले समस्या पार्ने भएकाले बलियो बनाउन आवश्यक रहेको बताए ।
त्यस्तै वडा नम्बर दुईका अध्यक्ष चन्द्रमान बुढाले तत्कालको आरसिसि कामले रोपाई हुने भएको बताए । उनले कृषि विकास कार्यालयलाई आभार ब्यक्त गरे । २०७८ साल कात्तिकमा आएको बाढीले धेरै तातोपानी र तिलाका मार्सीधान रोप्ने खेत सहित कुलाहरु बगाएको थियो । कृषि क्षेत्रमा ठूलो क्षेति पुगेको समयमै कृषि विकास कार्यालयले मलम लगाउन शुरु गरको भन्दै किसान खुशी भएका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ८ : ०९ बजे