मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१९ विद्यार्थी र दुई शिक्षकको हत्या भएको टेक्सासको रोब इलिमेन्टरी स्कूल भत्काइने



बन्दुकधारीले १९ विद्यार्थी र दुई शिक्षकको हत्या गरेको टेक्सासको उभाल्देमा रहेको रोब इलिमेन्टरी स्कूललाई भत्काइने भएको छ । उक्त सहरका मेयरले सो जानकारी दिएका हुन् । गोलीकाण्डबारे उभाल्देका वासिन्दाले जवाफ मागेपछि मेयर डन म्याकलाफ्लिनले सो जानकारी दिएका हुन् । विद्यालय कहिले भत्काइन्छ भन्ने विषयमा भने उनले केही खुलाएनन् ।

‘मैले सुपरिटेन्डेन्टसँग विद्यालय भत्काउने विषयमा छलफल गरेको थिए । उक्त विद्यालयमा तपाइँले कहिल्यै पनि बालबालिका र शिक्षकलाई त्यहाँ पठाउनु हुनेछैन्’, उनले भने ।

रोब इलिमेन्टरीमा दोस्रो, तेस्रो र चौथो कक्षामा करिब ६०० विद्यार्थी छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले विद्यालय भत्काउन सुझाव दिएका राज्यका सिनेटर रोलान्ड गुटेरेजले गत महिना स्थानीय सञ्चार माध्यमहरूलाई जनाएका थिए । रोब इलिमेन्टरी सामूहिक गोलीबारी पछि भत्काइने पहिलो विद्यालय भने हुनेछैन ।

सन् २०१२ मा सामूहिक गोलीकाण्डपछि कनेक्टिकटको न्यूटाउनमा रहेको स्यान्डी हुक इलिमेन्टरी स्कूल भत्काइएको थियो । आक्रमणमा २० विद्र्याी र ६ कर्मचारी मारिएका थिए ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ८ : १६ बजे