मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एघार महिनामा ३८ अर्बभन्दा बढीको मोबाइल फोन नेपाल भित्रियो



चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा ३८ अर्बभन्दा बढीको मोबाइल फोन भित्रिएको छ ।भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको मोबाइल फोन नेपाल भित्रिएको हो ।

सो अवधिमा नेपालले कूल ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको विभागले जनाएको छ ।उक्त मूल्यमा ५५ लाख ८६ हजार ५७८ थान मोबाइल फोन नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।

नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीन, भारत, भियतनाम, युनाइटेड अरब इमिरेट्स ९युएई०, अमेरिका र बंगलादेशबाट आउने गरेको छ ।

पछिल्लो ११ महिनामा चीनबाट २२ अर्ब ७७ करोड ९१ लाख ८९ हजार रुपैयाँ, भारतबाट १२ अर्ब ७८ करोड ७५ लाख १७ हजार रुपैयाँ, भियतनामबाट १ अर्ब ६७ करोड १६ लाख २८ हजार र युएईबाट २७ करोड ८१ लाख ६४ हजार रुपैयाँको मोबाइल फोन नेपाल भित्रिएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ४ : ०६ बजे