मंगलबार पनि दोहोरो अंकले घट्यो सेयर बजार



साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१ को विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २३० कम्पनीको ३० लाख ३७ हजार ६८० कित्ता सेयर किनबेच हुँदा एक अर्ब पाँच करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : असार १४, २०७९ मंगलबार  ५ : ०५ बजे