प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रधानमन्त्री निबास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री देउवाले छलफलको लागि बोलाएपछि उनि बालुवाटार पुगेको बताइएको छ ।
बालुवाटार स्रोतका अनुसार अहिले उनले प्रधानमन्त्रीलाई बिफ्रिङ गरिरहेका छन् । अधिकारी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अर्थ तथा योजना विभागमा सदस्य रहेको समाचार बाहिरिएपछि उनको विरोध तथा आलोचना सुरु भएको छ । यो विषय प्रतिनिधिसभामा पनि उठिसकेको छ ।








