बालुवाटारमा सत्तारुढ गठबन्धन बैठक जारी, आजै मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै



उपसभामुख निर्वाचन लगायत विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक जारी छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको बैठकले गठबन्धनको तर्फबाट उपसभामुखकी उम्मेदवार बनेकी पुष्पा भुसालको पक्षमा मत जुटाउने विषयमा छलफल भइरहेको छ । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी छ ।

सत्तारुढ गठबन्धनको बैठकपछि आजै मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ। केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

आजको बैठमा नागरिकतालगायत विधेयक, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगका पदाधिकारीहरुबारे महत्वपूर्ण निर्णय गर्नेछ । प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बस्दैछ। बैठकमा नागरिकता विधेयकमाथि छलफल जारी छ।

प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार  ११ : ४१ बजे