प्रचण्ड दिल्ली पुगे, आइतबार मोदीसँग भेट्ने



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको दिल्ली पुगेका छन् । तीन दिने भारत भ्रमणका लागि प्रचण्ड शुक्रबार दिल्ली पुगेका हुन् ।

भारतीय जनता पार्टीको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई दिल्लीमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका छन् । सो क्रममा भारतका लागि नेपाली राजदूत डा शंकर शर्माको पनि उपस्थिति थियो।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने भएका छन् ।

शुक्रबार नयाँ दिल्ली पुगेका प्रचण्डले आइतबार बिहान मोदीसँग वार्ता गर्ने तय भएको उनको सचिवालयले जनाएको छ ।

भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनेदेखि व्यापारललगायतका विषयमा कुराकानी हुने दिल्ली प्रस्थान गर्नुअघि प्रचण्डले जानकारी दिएका थिए ।

प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार  ७ : ०० बजे