नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने आजको बैठकमा पार्टीका शीर्ष नेता एवम् पदाधिकारीहरूले धारणा राख्ने कार्यसूची रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
गत सोमबारदेखि जारि बैठकमा केन्द्रीय सदस्यले भनाइ राख्ने क्रम सकिएपछि आज पदाधिकारीले धारणा राख्ने भएका हुन् ।
आजको बैठकमा काँग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले र केही पदाधिकारीले जवाफ दिने छन् ।
सरकारको आलोचना भएपछि बैठकमा काँग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आफूले गरेका कामका बारेमा जवाफ दिने कार्यक्रम राखिएको हो ।








