भारतले प्रधानमन्त्रीसरहको व्यवहार गर्‍यो : प्रचण्ड



। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले आफ्नो भारत भ्रमण सफल भएको बताएका छन् ।भारत भ्रमण सकेर स्वदेश फर्किनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले भ्रमण सफल भएको बताएका हुन् ।

प्रचण्डले पहिले प्रधानमन्त्री भएर जाँदा र अहिले जाँदा कुनै फरक नरहेको बताए । उनले भारतका सरकारी पदाधिकारी र भारतीय जनता पार्टी९भाजपा०का विभिन्न पदाधिकारीहरूसँग भेट भएको बताए ।

सबै भेटमा नेपाल र नेपालीको हितलाई केन्द्रमा राखेर छलफल गरेकोले सकरात्मक परिणाम दिने उनले विश्वास व्यक्त गरे।ूअहिले राम्रो कुराकानी भयो सबै पक्षमा । वर्तमान समस्या र समाधानका बारेमा कुरा भयो । खुला कुराकानी भयो । राम्रो कुराकानी भयो ।उनले भने ।

उनले भारतमा विदेशमन्त्री एस जयशंकर, भारतका विदेश सचिव विनयमोहन क्वात्रा, भाजपाका अध्यक्ष जेपी नड्डा लगायतका पदाधिकारीसँग भेट गरेका थिए ।

 

प्रकाशित मिति : श्रावण १, २०७९ आइतबार  ९ : ०५ बजे