बिहीबार ४३५ जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ४३५ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५६९ जनामा गरिएको परीक्षणमा ४३५ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संख्या एन्टिजेन र पीसीआर दुबै विधिबाट गरिएको परीक्षणको नतिजा हो ।

मन्त्रालयका पछिल्लो २३ घण्टामा ५६ जना निको भएका छन् भने सो अवधिमा कसैको पनि मृत्यु भने भएको छैन । हाल देशभर सक्रिय संक्रमित २ हजार ५३७ जना रहेका छन् ।

प्रकाशित मिति : श्रावण ५, २०७९ बिहीबार  ५ : १९ बजे