०४८ मा कृष्णप्रसाद भट्टराईलाई हराउँदा देश यो दुरावस्थामा पुग्यो : प्रकाशमान सिंह



नेपालि कांग्रेसका नेता प्रकाशमान सिंहले अहिले मुल्यमान्यताको राजनीति अन्त भएको र पावर बेस राजनीति अगाडि बडेकाले राजनी दलप्रति निरासा बडेको बताएका छन् ।आज नेपाली कांग्रेस काठमाडौ महानगरपालिका वडा नं. दस ईकाई समितिले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै नेता सिहले यस्तो बताएका हुन्।

सिंहले पछि आएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने प्रयास सुरु हुनै लाग्दा कृष्ण प्रसाद भट्टराईलाई द्दण्द्धड को चुनाव हराउनुले मुलुक गलत बाटोमा अघि बडेर आज यो दुरअवस्थामा पुगेको बताए ।

सिंहले अझै पनि प्राप्त उपलब्धि माथि चौतर्फि प्रहार भैरहेकोले मुलुकका सामु गम्भीर चुनौतिहरु देखा परिरहेको बताए। राजनीतिक दलहरु विधि पदति भन्दा आफ्नो स्वार्थ उन्मुख भएकाले झन चुनौति थपिएको भन्दै राजनीतिक दलहरु का कार्यसैलि सचिनु पर्ने उनको भँनाइ थियो ।

प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बड्नुको बिकल्प नरहेको भन्दै सिहंले राजनीतिक दलहरुले जिम्मेवार बनेर आगामी चुनौतिको सामना गर्न लाग्नुको बिकल्प नरहेकोमा समेत जोड दिए ।

प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार  ११ : ०४ बजे