मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । आज बस्ने मन्त्रिपरिषद्को बैठक नियमित भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी गराएको छ ।
दिउँसो १ बजे सिंहदरबारमा बस्ने मन्त्रिपरिषद्को बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मितिबारे निर्णय गर्ने सम्भावना छ । आजको मन्त्रिपरिषद बैठकले निर्वाचनको मितिबारे निर्णय गर्नसक्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
निर्वाचन आयोगले मंसिर २ गते एकै चरणमा निर्वाचन गर्ने गरी सरकारसमक्ष मिति यसअघि नै प्रस्ताव गरिसकेको छ भने सरकारले पनि आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन गर्ने तयारी गरिरहेको छ ।








