पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना भाइरसको भएको छ । पाँच हजार ९२६ वटा नमुना परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

आज ३२४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ६०२ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : श्रावण १९, २०७९ बिहीबार  ४ : ०८ बजे