मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका र भारतका विदेशमन्त्रीबीच भेटवार्ता



बैठकमा भाग लिन भारतका विदेश मन्त्री एस जयशंकर, अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिन्केनलगायतका नेताहरु कम्बोडियामा छन् ।

आफूहरुको भेटवार्ता अति नै राम्रो भएको र समसायिक विषयमा सामान्य छलफल भएको दुवै पक्षका अधिकारीहरुले बताएका छन् । अमेरिकी विदेश मन्त्री ब्लिन्केनले यस भेटलाई आफूले राम्रो अवसरका रुपमा लिएको प्रतिक्रिया दिएका छन् ।

उनिहरुले खुल्ला तथा स्वतन्त्र इन्डोपेसेफिक र श्रीलङ्का सङ्कटका बारेमा पनि छलफल गरेको जनाइएको छ । “मेरो लामो समयदेखिको साथी, भारतका विदेश मन्त्री एस जयशंकरसँग राम्रो भेटवार्ता भयो, हामीले समसामयिक र साझा चासोका विविध विषयमा छलफल गरेका छौँ, सहकार्यलाई बलियो बनाउने बारेमा पनि कुराकानी भयो,” ब्लिन्केनले भने ।

भारतका विदेश मन्त्री जयशंकर विदेशमन्त्रीका रुपमा १२औँ देशको भ्रमण गर्ने क्रममा बुधबार कोलम्बिया पुगेका हुन् ।
आसियानमा ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड, भियतानमलगायतका देशहरु पर्दछन् ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ६ : ५८ बजे