मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेल र बाँस्तोलालाई



नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार रमेश पौडेल र रवीन्द्र बाँस्तोलालाई प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको सो पुरस्कार छनोट समितिको सिफारिसबमोजिम वर्ष २०७७ का लागि रमेश पौडेल र वर्ष २०७९ का लागि रवीन्द्र बाँस्तोलालाई प्रदान गर्न लागिएको हो ।

गङ्गाधर पराजुली संयोजक रहेको प्रतिभा छनोट समिति सदस्यमा सरिता तिमिल्सिना पङ्गेनी, बोधराज कार्की, विजय भण्डारी एवं युनियन कार्यवाहक अध्यक्ष रविना आले र सचिव प्रदीप पौडेल पदेन सदस्य रहेका थिए ।

युनियनले रु १२ लाखको अक्षयकोष स्थापना गरेर विसं २०७२ देखि हरेक दुई वर्षमा सो पुरस्कार प्रदान गर्दै आएको छ । सो पुरस्कार युनियनको सदस्य रहेको र १५ वर्षदेखि निरन्तर पत्रकारिता गर्दै सङ्गठन सुदृढीकरणमा महत्वपूर्ण योगदान दिनेलाई प्रदान गर्ने गरिन्छ । पुरस्कार राशि जनही रु ३३ हजार तीन सय ३३ र सम्मानपत्र रहेको छ । कोरोना महामारीका कारण रोकिएको विसं २०७७ सहित यसपालि संयुक्तरूपमा वितरण गरिन लागेको नेपाल प्रेस युनियन कास्कीका सचिव प्रदीप पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ९ : ०६ बजे