मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज देशभर मौसम बदली, यी क्षेत्रमा हुनेछ भारी वर्षा



काठमाडौं, २४ साउन,आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीमा वर्षा भइरहेको छ।

दिउँसो देशभर बदली रहनेछ । पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ७ : ३२ बजे