मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधि सभा र प्रदेश निर्वाचन :असोज २३ गते उम्मेदवारी दर्ता



निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको आगामी निर्वाचनको कार्यतालिका सार्बजनिक गरेको छ। आयोगले सार्बजनिक गरेको कार्यतालिका अनुसार मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उमेदवारी दर्ता हुने भएको छ । प्रत्यक्षतर्फका उमेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन हुनेछ ।

तेस्तै समानुपातिकतर्फको बन्दसूची भने असोज २ र ३ मा बुझाउनुपर्नेछ। कार्यतालिका संशोधन नभए अघिल्लो दिन अर्थात् असोज १ मै चालु प्रतिनिधिसभा र प्रदेशसभाको ५ वर्षे कार्यकाल अन्त्य हुनेछ।

असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति हुने कार्यतालिका छ । असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुनेछ । असोज २८ गतेदेखिनै मंसिर १ गतेसम्म मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उमेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ ।

मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति कात्तिक २१ र २२ मा र मतदान केन्द्रमा खटिने अन्य कर्मचारीको नियुक्ति कात्तिक २२ र २३ मा हुने भएको छ।

मंसिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइनेछ । मंसिर ४ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ९ : २८ बजे