मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनलाइनमार्फत दुर्व्यवहार गरेर आत्महत्या गर्न बाध्य पार्ने हल्यान्डका पुरुष दोषी ठहर



ब्रिटिश कोलम्बियाको एक अदालतले क्यानडेली युवतीलाई अनलाईमार्फत दुर्व्यवहार गरेको आरोपमा एक नेदरल्यान्डका पुरुषलाई दोषी ठहर गरेको छ । दुर्व्यवहारपछि ती क्यानेडेली युवतीले आत्महत्या गरेकी थिइन् ।

अदालतले दोषी ठहर गरेका ४४ वर्षीय आयडिन कोबानविरुद्ध जबरजस्ती असुली, बाल प्रलोभन, बाल पोर्नोग्राफी र उत्पीडन गरेको अभियोग लगाइएको छ ।
त्यतिबेला १५ वर्षकी अमान्डा टोडले सन् २०१२ मा एउटा भिडियो पोस्ट गर्दै कोबानले अनलाईमार्फत यौन दुर्व्यवहार गरेको गुनासो गरेकी थिइन् ।

उक्त भिडियोलाई युट्युवबाट लाखौँ पटक हेरिएको थियो र अनलाईनमार्फत यौन दुर्व्यवहारबारे राष्ट्रिय बहस बढेको थियो । भिडियो अपलोड गरेको पाँच सातापछि उनले आत्महत्या गरेकी थिइन् । इन्टरनेटमार्फत दर्जनौँ महिलालाई ब्ल्याकमेल र दुर्व्यवहार गरेको अभियोगमा कोबनलाई सन् २०१७ मा ११ वर्ष जेल सजाय तोकिएको थियो । उनले बेलायत, क्यानडा र अमेरिका युवतीलाई दुर्व्यवहार गरेका थिए ।

क्यानडामा सुपुर्दगी गरिएपछि उनीविरुद्ध बाल अश्लील सामग्री वितरण गरेको, जबर्जस्ती पैसा असुली गरेको र मानसिक यातना दिएको आरोप लगाइएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १२ : १४ बजे