पछिल्लो २४ घण्टामा ८६८ जनामा कोरोना संक्रमण,३ जनाको मृत्यु



नेपालमा पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार ४१४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार ८८५ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा देशभर ३ हजार ६१४ पीसीआर तथा ३ हजार ९१ एन्टिजेन परीक्षण भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९७७ पुगेको छ।

प्रकाशित मिति : श्रावण २५, २०७९ बुधबार  ५ : ०८ बजे