मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोकतन्त्रमा मात्रै विरोध गर्न पाउने अधिकार संरक्षण हुन्छ : नैनसिंह महर



काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोकतन्त्रमा मात्रै विरोध गर्न पाउने अधिकार संरक्षण हुने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको पूर्व सन्ध्यामा ‘सामाजिक परिवर्तन र मानवअधिकारका लागि युवा’ विषय अन्तर्गत एमनेस्टि इन्टरनेसनल नेपालले काठामाडौंमा आयोजना गरेको प्रोटेक्ट द प्रोटेस्ट (बिरोधको संरक्षण गरौं) कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले उक्त कुरा बताएका हुन् ।

मानव अधिकारका लागि व्यक्तिको मर्यादा (ह्युमेन डिग्नीटी) महत्वपूर्ण हुने र डिग्नीटी व्यक्तिको सार्वभौमिकतासँग जोडिएको हुने भएकाले व्यक्ति सार्वभौम हुन अथवा व्यक्तिको डिग्नीटी बचाउन भोक र भएबाट मुक्त हुन आवश्यक रहेको महरको भनाइ थियो ।

सामाजिक परिवर्तन, न्याय, मानवअधिकार र विधिको शासन स्थापनका लागि युवा पुस्ताको सहभागीता तथा भूमिका महत्वपूर्ण हुने महरले बताए । ुयुवा निर्भय हुन्छ । आटिलो हुन्छ । मन, मस्तिष्कमा अरुले गरेको अन्यायप्रति उदाशीन रहन मन लाग्दैन । त्यो युवाले मानव अधिकारका बारेमा बोल्नुपर्दा दुईरतीन कुरा ख्याल गर्नुपर्छ जस्तो मलाई लाग्छ । ह्युमन डिग्नीटीसँग मानिसको सार्भौमिकता जोडिएको हुन्छ । सार्वभौमिकता जोगाउन दुई वटा कुरा आवश्यक छ । भोक र भएबाट मुक्त हुन युवा मुक्त हुन आवश्यक छ, उनले भने।

‘फरक विचार र दृष्टिकोण राख्नु, चित्त नबुझेको वा सैह्य तथा न्यायोचित नलागेको सवालमा विरोध जनाउनु प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको विषय हुँदाहुँदै पनि पछिल्लो समय विभिन्न अतिक्रमण र दमनका कारण विरोधको अधिकार (राइट टु प्रोटेस्ट)माथि प्रहार भइरहेकोले युवाहरूले आफ्नो जोशपूर्ण सक्रियता र सामाजिक परिवर्तनका साथै आफ्नो वैकल्पिक प्रस्ताव र युवाको फरक दृष्टिकोण निर्भयका साथ राख्न छोड्नु हुँदैन,’ उनले भने ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ६ : २८ बजे