मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले उषा मिश्रलाई बनायो महिला संघको अध्यक्ष



काठमाडौं, २६ साउन । नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा उषा मिश्र रावतलाई मनोनित गरेको छ ।

सिरहा घर भएकी मिश्रलाई कांग्रेसले महिला संघको अध्यक्षमा मनोनित गरेको हो । उनी महिला संघकी निवर्तमान सचिव पनि हुन्

‘नेपाली कांंग्रेस केन्द्रीय कार्यसमितिको चैत्र १५, २०७८ को बैठकको निर्णय अनुसार पार्टी सभापति श्री शेरबहादुर देउवाद्वारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ— नेपाल महिला संघको अध्यक्ष पदमा श्री उषा कुमारी राउत मिश्र (सिरहा) लाई नियुक्त गर्नु भएको छ ।’पार्टिका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारि गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ९ : ०४ बजे