मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुक्रबार ७८१ जना नयाँ संक्रमित थपिए, दुई जनाको मृत्यु



काठमाडौं, २७ साउन । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ७८१ जना नयाँ संक्रमित थपिएका छन् । सोही समयमा ५११ जना संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ७१२ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो ।

सो अवधिमा २ हजार २९० जनाको पीसीआर र २ हजार ४२२ जनाको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो ।

बितेको चौबिस घण्टामा दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ७७५ रहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ५ : ०३ बजे