निर्वाचन केन्द्रीत देशव्यापी अभियान सर्यो ,यि हुन् कांग्रेस कार्यसम्पादन बैठकका निर्णय



शनिबार बसेको नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठक बिभिन्न निर्णय गर्दै सकिएको छ । बैठकले आगामि निबाृचनका लागि दल दर्ताको जिम्मा कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवलाई दिने बैठकले निर्णय गरेको छ ।

तेस्तै बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।

साउन ३० र ३१ गते पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रतिनिधिलाई प्रशिक्षण दिने प्रस्ताव पारित गरेको छ ।

बैठकले आसन्न चुनाव केन्द्रीत देशव्यापी अभियानको समयावधि हेरफेर गरेको छ।

निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान २०७९ भदौ २ गतेदेखि गर्ने निर्णय भएकोमा उक्त अभियान भदौ १० गतेदेखि २४ गतेसम्म संचालन गर्ने निर्णय भएको कांग्रेसका एक नेताले जानकारी दिए ।

यसअघि साउन २३ गते बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले भदौ २ देखि २४ सम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार  १२ : ०७ बजे