मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कारले ओभरटेक गरेको आरोपमा पाकिस्तानमा हिन्दू परिवारमाथि कुटपीट



इस्लामाबाद–कारले ओभरटेक गर्न खोजेको भन्दै एक हिन्दू परिवारमाथि पाकिस्तानमा एक राजनीतिज्ञका आफन्त र उनका सहयोगीले सिन्ध थर भएका एक परिबारलाई आक्रमण गरेका स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

एक्सप्रेस ट्रिव्युनका अनुसार सिन्ध परिवारका एक पुरुष, तीन महिला र दुई बच्चाहरू कारमा यात्रारत थिए । स्थानीय राजनीतिज्ञका भतिजा शमशेर पिटाफीको गाडी ओभरटेक गर्न खोजेपछि उनीहरु आक्रमणमा परेका थिए ।

सिन्ध परिवारको कारले पिटाफीको कारलाई ओभरटेक गरेपछि उनीहरूलाई पछ्याएका थिए । उनीहरू मन्दिरबाट फर्किने क्रममा आक्रमणमा परेका हुन् ।

घटनाबारे एक प्रहरी अधिकारीले भने, ‘सिन्धको कारले राजमार्गमा पिटाफीको कारलाई ओभरटेक गर्दा एक बच्चाले बाहिर आइसक्रिमको खोल फ्याकेका थिए, जुन पिटाफीको भिगो कारको विन्डशिल्डमा ठोक्किएको थियो । परिवारले गाडि नरोकेपछि पिटाफी आक्रोशित भएको पाइन्छ ।’

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ८ : ५१ बजे