नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले आफुले गरेका काम का बारेमा प्रचार गर्ने नसकेको बताएका छन् । सिंहले कांग्रेस परिबर्तनको नेतृत्व गरेको पार्टि भएकाले जनताले अनुभुति गराउने गरि छलफल चलाउन पर्ने बताए । नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता सिंहले उक्त कुरा बताएका हुन् ।
राजनीति परिवर्तन आईसकेकाले अब जनताले अनुभुत हुने गरि आम नागरिको जीवन सहज हुने गरि आर्थिक सम्पन्नतातर्फ केन्द्रीत हुनु पर्नेमा जोड दिए।उनले कांग्रेसले बोलेर भन्दा पनि काम गरेर देखाउनु पर्ने बताए ।
सिंहले जनताको जनआादेसको अवमूल्यन गर्नेले अहिले परमादेसको कुरा गर्नु गलत भएको भन्दै कांग्रेस अरु पाटि जस्तो जिम्मेवारिबाट भाग्न नमिल्ने भयकाले परिस्थितिलाई समाल्दै अगाडि बडेको बताए । कांग्रेसले अब आर्थिक सम्पन्नताको अभियानका कार्यक्रम सहित को एजेन्डा लियर जनतामा जाने बताए ।














