मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी स्थायी कमिटी बैठक अपरान्ह १ बजे



नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अपरान्ह बस्ने भएको छ ।

आगमी मंशिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल गर्न लागि माओवादीले स्थायी समिति बैठक बोलाएको हो । ‘आज १ बजे बैठक बस्नेछ, यो नियमित बैठक हो’ प्रचण्डका स्वकिय सचिव रमेश मल्लले भने ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले नागरिकता बिद्येयक संघीय संसदमा नै थप छलफलका लागि फिर्ता पठाएको भोली पल्ट माओवादीले स्थायी समिति बैठक बोलाएकाले सो बारेमा पनि छलफल हुनेछ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १० : २० बजे