मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आतिशबाजीको गोदाममा विस्फोट हुँदा १२ जनाको मृत्यु



आर्मेनियामा एउटा सपिङ मलभित्र आतिशबाजीको गोदाममा विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । विस्फोट भएको स्थानबाट उद्धारकर्ताहरूले ११ ओटा शव फेला पारेका आरआईए समाचार एजेन्सीले आर्मेनियाको आपत्कालीन मन्त्रालयलाई उद्धृत गर्दै लेखेको छ ।

राजधानी येरेभानको एउटा सपिङ मलमा आइतबार भएको गोदाममा विस्फोट हुँदा भवनका केही भाग ध्वस्त भएका छन् । विस्फोटमा कम्तीमा ६२ जना घाइते भएका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ११ : ०८ बजे