मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक पारित



प्रतिनिधिसभाले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ पारित गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ लाई पारित गरियोस् भनेर राखेको प्रस्तावलाई बैठकले बहमुतले पारित गरेको हो ।

यसअघि उक्त विधेयकमाथि दफावार छलफल भएको थियो । छलफलमा उठेका प्रश्न र जिज्ञासाबारे मन्त्री यादवले जवाफ दिएका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १ : ३० बजे