मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तरराष्ट्रिय सैनिक खेल २०२२ शुरु



अन्तरराष्ट्रिय आर्मी गेम्स २०२२ रुसमा शुरु भएको छ। खेलको उद्घाटन समारोह सोमबार प्याट्रियट मिलिटरी-पेट्रियोटिक पार्कमा आयोजना गरिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी रक्षामन्त्री सर्गेई शोइगुसँगै उद्घाटन समारोहमा सहभागी भएर मन्तव्य दिएका थिए ।

अगस्ट १३ देखि २७ सम्म हुने अन्तरराष्ट्रिय आर्मी गेम्स २०२२ मा चीन, रुस र इरान लगायत १२ देशको सहभागिता रहेको थियो । खेलमा ३७ देश र त्यस क्षेत्रका २७० भन्दा बढी टोलीले प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ । रुसी रक्षा मन्त्रालयले शुरु गरेको अन्तरराष्ट्रिय आर्मी खेलहरूले सेनाहरूलाई अनुभव आदानप्रदान गर्न र सहयोग सुदृढ गर्न अन्तरराष्ट्रिय मञ्चको रूपमा काम गरेको बताइएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ९ : १३ बजे