मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेम उता, घरजम यता हुन्न, झापाबाटै चुनाव लड्छु : महामन्त्री शर्मा



नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाबाटै चुनाव लड्ने बताएका छन् । सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै शर्माले आफू झापाबाटै चुनाव लड्ने स्पष्ट पारेका हुन् ।

उनले लेखेका छन्, ‘फेरिप्रट्याउँ – बागमतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो । तर मान्छे म मेची र निन्दा किनारकै हो १ काठमाडौं ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’

२०७४ मा झापा क्षेत्र नम्बर-१ बाट उठेका थिए। उनी नेकपा माओवादीका नेता राम कार्कीसँग पराजित भए। कार्कीले ३६ हजार एक सय ७३ मत ल्याएका थिए भने शर्माले ३३ हजार तीन सय १० मत मात्रै पाएका थिए।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  १२ : ४६ बजे