सांसद हृदयेश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि पठाएको नागरिकतासम्बन्धी विधेयकको सन्देश निबन्धजस्तो भएको भन्दै कटाक्ष गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथिको छलफलका क्रममा उनले उक्त सन्देशमा प्रस्तुत कुनै धारा वा दफा संविधानविपरीत भन्ने नदेखिएको बताए ।
उनले भने, ‘संविधान अनुसार यो विधेयक यहाँ अमान्य छ भन्ने पाएको भए एक ढंगले छलफल अगाडि बढ्थ्यो होला । त्यो नपाएको हुनाले बढी निबन्ध जस्तो लाग्यो ।’
उनले संविधान जारी भएको सात वर्षसम्म नागरिकले नागरिकता पाउन नसकेको समेत बताए ।














