नेपालमा पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म देशभर कोरोनाबाट ११ हजार ९९० जनाले ज्यान गुमाएका छन्।
गत २४ घण्टामा देशभर २ हजार ८२ पीसीआर तथा २ हजार ८४८ एन्टिजेन परीक्षण भएको छ।
बिहीबार ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार २६५ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।














