पछिल्लो २४ घण्टामा ६२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा संक्रमण देखिएको हो ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार २४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८७ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार २२४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।