मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विपी कांग्रेस लमजुङको सभापतिमा अधिकारी



लमजुङमा नेपाली कांग्रेस विपी जिल्ला कार्य समिति गठन भएको छ । समिति गठन गर्न आयोजित भेलाले सभापतिमा तेजनाराण अधिकारीलाई चयन गरेको हो । पदाधिकारीपछि टुङ्ग्याउने गरि ५१ सदस्यीय कार्य समिति निर्माण भएको नवगठित समितिका सभापति अधिकारीले जानकारी दिए । भेलामा नेपाली कांग्रेस विपीका केन्द्रीय सभापति पुष्प पराजुलीको उपस्थिति थियो ।

नेपाली कांग्रेसले विपी कोइरालाको आदर्श, विचार सबै परित्याग गरेको हुँदा हामीले अझ सशक्त रूपमा विपीको विचारलाई नेपाली समाजमा लागु गर्न छुट्टै पार्टी गठन गर्नुपरेको भेलामा उपस्थित पराजुलीले बताए । यसैगरी, पार्टीका केन्द्रीय सदस्य मणिभद्र, पृथ्वीमान घले लगायतले मन्तव्य राखेका थिए ।

नवगठित कार्यसमितिको सदस्यहरूमा देवीलाल श्रेष्ठ, प्रेमबहादुर गुरुङ, हरिबहादुर थापा, दिलबहादुर परियार, झपरबहादुर थापा, सम्झना कुमाल, वासुदेव मरहठ्ठा शोभा थापा, रामचन्द्र गौली, कौसिला भण्डारी, विमाया तामाङ लगायत रहेको सभापति अधिकारीले बताए ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  २ : ३९ बजे