नेपालमा पछिल्लो २४ घण्टामा थप ६५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९९३ पुगेको छ।
गत २४ घण्टामा देशभर ३ हजार ३८१ पीसीआर तथा ३ हजार २६२ एन्टिजेन परीक्षण भएको छ।
सोमबार ४५६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४ हजार २९६ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।














