मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाबुरामले खोले तीनकुनेमा पार्टी केन्द्रीय कार्यालय



डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यालय सुविधानगर, तीनकुनेमा खोलिएको छ । भट्टराईले सोमबार पार्टी केन्द्रीय कार्यालय सुविधानगरमा खोलेको जानकारी दिए ।

उनले पार्टीका पाँच प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । उनका अनुसार नेसपाको पाँच प्रतिबद्धतामा समावेशीता, संघीयता, सुशासन, समृद्धि र समाजवाद हुन् ।

जसपासँग असन्तुष्ट रहँदै बाबुरामले छुट्टै पार्टी गठन गरेका हुन् । उनको पार्टीले माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर आगामी निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ४ : २४ बजे