मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साउनमा भित्रिए २ सय ११ बिद्युतीय सवारी



काठमाडौं, ७ भदौं । साउन महिनामा २ सय ११ वटा मात्रै बिद्युतीय सवारी भित्रिएका छन ।

भन्सार विभागको तथ्यांक अनुसार ६२ करोड रुपैयाँ बराबरका २ सय ११ वटा विद्युतीय सवारीहरु नेपाल भित्रिएका हुन ।

साउनमा सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट आयात भएको छ भने त्यसपछि क्रमशः दक्षिण कोरिया र चिनवाट भित्रिएका छन ।

गत आर्थिक बर्षमा १८ सय भन्दा बढी बिद्युतीय आयात भएको थियो। सरकारले बिद्युतीय सवारीको करमा छुट गरे पछि विद्युतीय सवारी खरिद गर्ने नेपालीको संख्या क्रमशः बढदै गएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ८ : २३ बजे